
काठमाडौं, जेठ २२ । मुस्लिम समुदायले बुधबार इद–उल–फित्र पर्व मनाउँदैछन् ।
अरबी पात्रो हिजरी संवत्अनुसार दशौं महिनाको पहिलो दिन मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद–उल–फित्र पर्व मनाउने चलन छ ।
विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिने तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ ।
आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।
इद–उल–फित्र पर्वका अवसरमा काठमाडौंको घन्टाघरस्थित कास्मिरी मस्जिदमा देखिएका केही दृष्य ।
प्रतिक्रिया दिनुहोस्