
काठमाडौं, जेठ २२ । संसदको लापरबाहीले चिकित्सा शिक्षा ऐनमा गम्भीर त्रुटि भेटिएको छ ।
संशोधन गरिएको दफा र अघिल्लो मस्यौदासँगै प्रमाणीकरण भएको पाइएको छ ।
बुधबार काठमाडौंमा नेसनल बाथरोग सेन्टरको छैटौं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ऐनमा त्रुटि भेटिएको स्वीकार गरे ।
उनले त्रुटिलाई प्रक्रिया पुर्याएर संशोधनको तयारीमा लागेको पनि जानकारी दिए ।
यसका लागि सभामुख कृष्णबहादुर महरासँग आफूले कुरा गरिसकेको मन्त्री पोखरेलले बताए ।
मन्त्री पोखरेलले विज्ञान–प्रविधि नीति पनि अन्तिम चरणमा पुगेको र चालू अधिवेशनमा नै विद्यालय शिक्षा र उच्चशिक्षासम्बन्धी दुवै विधेयक पारित गर्ने तयारी भएकोसमेत जानकारी दिए ।
उनले दुई वर्षभित्र बनाइसक्ने लक्ष्यसहित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय बनाउन यो वर्ष एक अर्ब रुपैयाँ रकम विनियोजन गरिएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्