
काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा सिंहदरबार परिसरमा विभिन्न जातका बिरुवा रोपिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित राष्ट्रिय योजना आयोग परिसरमा बिरुवा रोपेका हुन ।
एक नेपाली एक फलफूलका बिरुवा रोपण अभियानअन्र्तगत प्रधानमन्त्री ओलीले एभोकाडोको बिरुवा रोपेर वातावरण दिवसको सन्देश दिएका हुन ।
त्यसैगरी उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, मन्त्रीहरु र संवैधानिक निकायका प्रमुखहरुले विभिन्न जातका बिरुवा रोपेका थिए ।
उता राष्ट्रिय प्रकृति संरक्षण कोषले जावलाखेलमा वतावारण सम्बन्धि जनचेतनामुलक कार्यक्रम गरेको छ । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता थियो ।
कोषले वातावारण दिवसको अवसरमा विभिन्न विधामा कलम चलाउने उत्कृष्ट विद्यार्थी र विद्यालयलाई पुरस्कृत गरेको थियो ।
यसअघि वतावरण दिवसको अवसरमा स्वच्छ वायु स्वस्थ जीवन भन्ने नारासहित प्रभातफेरी निकालिएको थियो ।
प्रतिक्रिया दिनुहोस्