
बासुदेव बर्मा/ईमेज
कपिलबस्तु । ईस्लाम धर्मावलम्वीहरुको महान पर्व इद उल फित्र देशभरका मनाई रहँदा कपिलवस्तुका मुस्लिम महिलाहरुले पनि नमाज पढेर धुमधामको साथ इद उल फित्र मनाएका छन् ।
इद उल फित्रको अवसरमा जिल्ला सदरमुकाम तौलिहवा, चन्द्रौटा, कृष्णनगर, पकडी लगायतका स्थानका मुस्लिम समुदायका महिला पुरुषहरु मस्जिद तथा ईदगाहमा जम्मा भएर ईद मिलनको खुशी साटासाट गरेका छन् ।
एक महिनासम्म दिनभरी कठोर उपवास व्रत (रोजा) वसी पाँचपटक नमाज पाठ गरी मनाउदैं आएका मुस्लिमहरुले मंगलवार साँझ चन्द्रमा (चाँद) देखेपछि रोजा समाप्तीको खुशीयालीमा आज ईद उल फित्र मनाएका छन् ।
यस अवसरमा मस्जिद तथा ईदगाहमा महिला पुरुष वालवालिका जम्मा भएर नवाजपाठ गरी वधाई, शुभकामना आदन प्रदान गर्दै एकआपसमा गला मिलाएर खुशीयाली संग ईद मनाएका छन् ।
इद उल फित्रको शुभकामना आदन प्रदान गर्न कपिलबस्तु क्षेत्र नं. २ का प्रदेश सदस्य धर्म बहादुर लाल श्रीवास्तव,कपिलबस्तु नगरपालिकाका वडाध्यक्षहरुको पनि उपस्थिति रहेको थियो ।
त्यस्तै नेपाल सरकारले आज ईदका दिन सार्वजनिक बिदा दिएकोमा मुस्लिम धर्मावलम्वीहरुले सरकारलाई धन्यवाद दिदै इदउल अजहा र मोहम्मद डे मा पनि सार्वजनिक बिदा होस भन्ने अनुरोध समेत गरेका छन् ।
इस्लामिक धर्मगुरु हजरत मोहम्मद मुस्ताफाले धर्मको रक्षाका निम्ती उनले खेलेको भुमीकाको प्रसंशा गर्दै यो पर्व १४३७ वर्षदेखि विश्वभरका मुस्लीमहरुले मनाउँदै आएका छन् ।
मुस्लिमहरुको विशेष परिकार सेवईका साथै रामा्रे मिठो परिकारका खाना, फलफुल प्रसाद वाडीचुडी खाएका छन् ।
यस अवसरमा समाजका गरिब मुसलमानलाई दान पनि दिइन्छ, जसलाई ‘फिद्रा भनिन्छ ।
आफ्नो परिवारको सदस्यको सङ्ख्यानुसार घरका मूलीले प्रति व्यक्ति २ किलो ४५ ग्राम गहुँ वा सो बराबरको नगद वा अन्य सामान गरिब मुसलमानलाई दान गर्नुपर्ने नियम रहेको छ ।
इस्लाम धर्मको मुख्य पाँच स्तम्भमा हज, जकात, नमाज, कुरबानी र रमजान पर्छ ।
पाँच स्तम्भमध्ये एक रमजान पनि भएको विश्वास गरिएकाले धार्मिक नियम निष्ठाका साथ यो पर्व मनाउने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्