१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


राष्ट्रपति भण्डारी ‘रोजा इफ्तार’मा सहभागी


0
Shares

नेपालगन्ज, जेठ २१ । राष्ट्रपति विद्यादेवी भण्डारी इस्लाम धर्मावलम्बीहरुको पर्व इदुलफित्रका अवसरमा आयोजित सामूहिक ‘रोजा इफ्तार’ कार्यक्रममा सहभागी भएकी छन् ।

मंगलबार नेपालगन्जमा आयोजित ‘रोजा इफ्तार’ कार्यक्रममा सहभागी हुँदै राष्ट्रपति भण्डारीले मुस्लिम समुदायलाई शुभकामना दिइन् ।

पहिलोपटक राष्ट्रप्रमुखले रोजा इफ्तारमा सहभागिता जनाएपछि मुस्लिम समुदाय हर्षित भएका छन् ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले सबैसँग बसेर परिकार र फलफूलसमेत ग्रहण गरेकी थिइन् ।