Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


धितोपत्र बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक


0
Shares

काठमाडौं, साउन ४ । धितोपत्र बोर्डले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

बोर्डले नीति तथा कार्यक्रममा पुँजी बजारको दायरा विस्तार गरी ऋणपत्रको दोस्रो बजार कारोबार शुरु गर्ने, नेपाल स्टक एक्सचेञ्ज लि. को दोस्रो बजार कारोबारलाई पूर्ण रुपमा विद्युतीय प्रविधिमा आधारित बनाउने तथा पुँजी बजारमा संस्थागत लगानी अभिवृद्धि गर्न आगामी आर्थिक वर्ष स्टक डिलर संचालनमा ल्याउने लगायतका योजना सहित नीति तथा कार्यक्रममा प्रस्तुत गरेको छ ।

बोर्डले आफ्नो नीति तथा कार्यक्रममा समग्र बजार विकास तथा सुधारका लागि १७ बुँदै कार्ययोजना प्रस्तुत गरेको छ ।