Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


‘सत्याग्रह संयुक्त संघर्ष समिति’ले घोषणा गरेको आन्दोलनमा गेसोको समर्थन छैन’


0
Shares

काठमाडौं, जेठ २० । ब्रिटिस गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले गोरखा आन्दोलनका नाममा ‘सत्याग्रह संयुक्त संघर्ष समिति’ले घोषणा गरेको अभियान र आन्दोलनप्रति आफ्नो असहमति रहेको जनाएको छ ।

गेसोले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी पछिल्लो समयमा गोरखा आन्दोलनका नाममा सत्याग्रह संयुक्त संघर्ष समितिले अघि सारेका आन्दोलनका कार्यक्रममा गेसोको समर्थन र सहभागिता नरहने स्पस्ट पारेको हो ।

गेसोका अध्यक्ष कृष्णकुमार राईले प्रधानमन्त्री केपी शर्मा ओलीको बेलायत भ्रमणकाक्रममा कालोझन्डा देखाउने, ब्रिटिस गोरखा क्याम्पमा तालाबन्दी गर्ने, छुट्टै गोरखा प्रान्त माग्ने तथा भूमिगत आन्दोनल गर्नेजस्ता अराजक कार्यक्रमबाट अहिलेसम्म भएका उपलब्धिहरुमाथि पनि घात हुनसक्ने बताए ।

बेलायत र नेपाल सरकारले गरेको पूर्वप्रतिबद्धताअनुरुप भूपू गोरखा सैनिकहरुको समस्या समाधानका लागि कूटनीतिक पहल नै आवश्यक पर्ने पनि गेसोले जनाएको छ ।