सप्तरी । सप्तरीसहित मिथिलाञ्चलमा आज वट सावित्री पर्व मनाइएको छन् ।
नवविवाहित महिलाहरुले पतिको दीर्घायु, दाम्पत्य जीवनको सफलताको कामना गर्दै वट सावित्री पर्व मनाउने गर्छन् ।
जेठ महिनाको अमावस्य तिथिका दिन मनाइने वट सावित्रीको पूजाका लागि व्रतालुहरु मिथिलाको पहिरनमा सजिएर वर पिपलको रुखमुनी सामूहिक रुपमा पूजा गर्ने चलन छ ।
महिलाहरु दिनभरी निराहार बसी वट सावित्री पर्व उत्साहका साथ निष्ठापूर्वक मनाउने गर्दछन् । यस पर्वलाई स्थानीय भाषामा ‘वसराइत’ पनि भनिन्छ ।
प्राचीन कालमा सावित्रीले आफ्ना पति सत्यवानको अल्पायुमा निधन भएपछि यसै व्रतको प्रभावले पूनर्जीवन पाएको जनश्रुति छ ।
सावित्रीको व्रतबाट खुसी भएका यमराजले उनको पतिको प्राण फिर्ता गरेको जनविश्वास रहंदै आएको छ ।









प्रतिक्रिया दिनुहोस्