काठमाडौं, जेठ १९ । काठमाडौंको असनमा घडी घर रहेको ५ सय वर्षभन्दा पुरानो ‘क्वथुननी’ बचाउन स्थानीयबासीले हस्ताक्षर संकलन अभियान शुरु गरेका छन् ।
गुठी संस्थानले क्वथुननी भत्काएर व्यापारिक कम्पलेक्स बनाउने तयारी गरेपछि स्थानीयले विरोध गर्दै हस्ताक्षर संकलन थालेका हुन् । क्वथुननी बचाउ संघर्ष समितिको नेतृत्वमा ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्न जनदबाब सिर्जना गर्न एक हप्ते हस्ताक्षर अभियान संचालन गरिएको हो ।
ठमेलस्थित ऐतिहासिक कमल पोखरी अतिक्रमण गरेर छाँयादेवी कम्प्लेक्स बनाएको विरुद्धमा पनि हस्ताक्षर संकलन गरिएको छ । संकलित हस्ताक्षर ज्ञापनपत्रसहित प्रधानमन्त्री कार्यालयलगायत विभिन्न सरकारी निकायमा बुझाउने समितिका सचिव सजीव बज्रचार्यले जानकारी दिए । अन्तिम समयसम्म पनि क्वथुननी बचाउन संघर्ष गरिरहने उनले बताए ।
क्वथुननीमा पुरातात्विक महत्वको बौद्ध चैत्य र करिब ५ सय वर्ष पुरानो अमिताभ बुद्ध मूर्ति रहेको अशोक वृक्ष विहार रहेको छ.। असन नेपालको पुरानो बजार सभ्यता विकास क्षेत्र हो ।









प्रतिक्रिया दिनुहोस्