१८ श्रावण २०८२, आइतबार | Mon Aug 4 2025


सप्तरीमा आगोलागी, पाँच घर नस्ट


0
Shares

शिवहरि भट्टराई (इमेज)

राजविराज, जेठ १८ । सप्तरीको बोदेबर्साइन नगरपालिका–३, गौराटोलमा शनिबार आगोलागी हुँदा पाँचओटा घर जलेर नस्ट भएका छन् ।

स्थानीय राशिन्द्र यादवको घरमा विद्युत् ‘सर्ट’ भएर आगो फैलिएको जनाइएको छ ।

आगोलागीबाट यादवको एकसहित छिमेकीहरू जयनारायण यादव, काशिन्द्र यादव, ध्रुवकुमार यादव र जागेश्वर यादवसमेतको एक/एकओटा घर पूर्णरूपमा जलेका हुन् ।

आगोलागीमा परी अन्नपात, लत्ताकपडा, भाँडावर्तन, कुखुराका चल्लालगायत पूर्णरूपमा जलेर क्षति भएको पीडितले जनाएका छन् ।

राजविराज र शम्भुनाथ नगरपालिकाबाट पुगेका वारूणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय वासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

आगोलागीबाट करिब सात लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।