१८ श्रावण २०८२, आइतबार | Mon Aug 4 2025


तोप चराः यस्तो पो गुँड ! (१० तस्वीर)


0
Shares

काठमाडौं, जेठ १८ । तोप चरा आफ्नो कौशलका कारण प्रख्यात छ । प्रिय छ । कलात्मक शिल्पले ऊ अरुलाई लोभ्याउँछ । वातावरण मनमोहक बनाउँछ ।

उसको कौशलता उसले बनाएको गुँडमा झल्कँन्छ ।

तोप चराहरु अग्ला रुखका हाँगामा आफ्नो गुँड बनाउँछन् । गुँड बनाउने यिनीहरुको आफ्नै खुबी छ । सुन्दर र सुरक्षित गुँड बनाउने कलाले नै यिनीहरु अरुभन्दा भिन्न छन् । आकर्षक छन् ।

साना घाँस र मसिना डाँठ जम्मा पारेर यिनीहरु गुँड बनाउँछन् । आफ्नो चुच्चोले घाँस बटुल्छन् । अग्ला रुखका हाँगामा पुग्छन् र जमिनतिर झोल्लिने गरी गुँड बनाउँछन् ।

झट्ट हेर्दा मानिसले बुनेझैं । आफ्नो बासस्थान उन्न सिपालु छन्, यिनीहरु ।

तस्वीरमा देखिएको दृष्य काठमाडौं, कीर्तिपुरको हो । कीर्तिपुरमा रहेका अग्ला रुखका हाँगामा गुँड बनाउन व्यस्त तोप चराको हो ।

तोप चराहरु गर्मी सुरु भएपछि काठमाडौंको शान्त ठाउँमा आउने गर्छन् । यिनीहरु उच्च पहाडी क्षेत्रबाट यता आउँछन् । बालीनाली र हरियाली क्षेत्रलाई आफ्नो बासस्थानकारुपमा रोज्छन् ।

यिनीहरु भँगेरा वर्गका हुन् । जाडोमा बसाइँसराइ गरी गर्मी ठाउँमा जाने गर्छन् ।