२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


‘अक्षर बिम्बमा लेखिकाहरु’को पहिलो खन्ड विमोचित


0
Shares

काठमाडौं, जेठ १७ । नेपालका ७५ जना महिला लेखकहरुका लेख समावेश गरिएको ‘अक्षर विम्बमा लेखिकाहरु’ नामक ग्रन्थको पहिलो खन्डको विमोचन गरिएको छ ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार भद्रकुमारी घलेलगायतले पुस्तक विमोचन गरेका हुन् ।

काभ्रेको बनेपास्थित जनमत वाङ्मय प्रतिष्ठानले प्रकाशित गरेको यस पुस्तकमा नेपालका समकालीन लेखिकाहरुका साथै दिवंगत लेखिकाहरुका गरी ७५ ओटा लेख समावेश गरिएको छ ।

विमोचन कार्यक्रममा जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष मोहन गुभाजुले नेपाली भाषा, साहित्यको उत्थान तथा स्रष्टाको सम्मानका लागि प्रतिष्ठानले काम गर्दै आएको बताए ।

कार्यक्रममा शान्ता श्रेष्ठ, सुुशीला भट्ट, गीता केसरीलगायतले लेखन क्षेत्रमा अझैपनि महिलाको कमजोर उपस्थिति रहेकोे धारणा राखे ।