१८ श्रावण २०८२, आइतबार | Mon Aug 4 2025


वाग्मती नदीमा बस खस्यो, चालकको मृत्यु


0
Shares

सर्लाही, जेठ १७ । वाग्मती नदीमा एक यात्रीवहाक बस खस्दा चालकको मृत्यु भएको छ ।

शुक्रबार सिन्धुलीको महेन्द्रझाडीबाट सर्लाहीतर्फ आउँदै गरेको ना३ख ६६४२ नम्बरको बस वाग्मतीमा खसेको हो ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–६ स्थित मोरंगेको उकालोबाट बस खसेको जनाइएको छ ।

दुर्घटनामा सोही बसका चालक ३५ वर्षीय वीरु राईको मृत्यु भएको हो ।

मोरंगेको उकालो निकै ठाडो रहेकाले सबै यात्री झारेर चालकले बस उकाल्नेक्रममा दुर्घटना भएको स्थानीयले बताएका छन् ।

उकालोको टुप्पोनजिक पुग्नेबेलामा ‘स्टार्ट’ बन्द भएपछि अनियन्त्रित भइ बस खोलामा खसेको बताइएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका–१ निवासी चालक राईको घटनास्थलमै मृत्यु भएको हो ।

घटनास्थल सर्लाहीस्थित पूर्व–पश्चिम राजमार्गबाट करिब ६ किलोमिटर उत्तर सिन्धुली जिल्लामा पर्दछ ।

शुक्रबार बिहान करिब ८ बजेतिर उक्त दुर्घटना भएको हो । दुर्घटनास्थल विकट क्षेत्रमा रहेको छ ।