
काठमाडौं, जेठ १३ । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले मिडिया काउन्सिल विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी भएकाले त्यसविरुद्ध आवाज उठाउन सन्चारकर्मीलाई आग्रह गरेका छन् ।
सहिद तथा बेपत्ता पारिएका पत्रकारहरुको सम्मानमा सोमबार काठमाडौंमा आयोजित स्मृतिसभालाई सम्बोधन गर्दै उनले सत्ता र प्रतिपक्षको समर्थनमा नभइ श्रमजीवी पत्रकारको हक–हितका लागि लड्नु अहिलेको आवश्यकता भएको बताए ।
कार्यक्रममा सहभागी पत्रकारहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि प्राणको आहुति दिने सहिदहरुको सपनाअनुरुप नभएको मिडिया काउन्सिल विधेयक फिर्ता लिनुपर्नेमा जोड दिए ।
महासंघले अबदेखि प्रत्येक वर्ष जेठ १३ गते सहिदको सम्मानमा देशव्यापी स्मृति दिवस मनाउने निर्णयसमेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्