६ जेष्ठ २०८२, मंगलबार | Tue May 20 2025


शिरीष र सम्झनाको गीत छोरो अमेरिका छ’ मा आमाबाबुको पीडा(भिडियो)


0
Shares

काठमाडौं । लोकप्रिय गायक शिरीष देवकोटा र सम्झना भण्डारीले स्वरवद्ध गरेको नयाँ गीत ‘छोरो अमेरिका छ’ सार्वजनिक भएको छ ।

वरिष्ठ अभिनेता निर शाहले अभिनय गरेको भिडियो पनि निकै मार्मिक बनेको छ ।

प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा विदेशिएका छोराछोरी र स्वदेशमा रहेका आमा बाबुसँगको सम्बन्धलाई मार्मिक रुपमा प्रस्तुत गरिएको छ ।

युरोप, अमेरिका जस्ता सम्पन्न मुलुकमा गएर देश नफर्किने छोराछोरी र यता उनैको आशामा रहेका बुवा आमाको कथा गीतले बोकेको छ ।

गीतमा वरिष्ठ सर्जक रमेश बिजिको शब्द शिरीष देवकोटा कै संगीत छ ।

पृथ्वी इन्टरटेन्मेन्टबाट सार्वजनिक भएको गीतको भिडियोमा शाहलगायत हिउवाला गौतम, श्रीप्रसाद थापा, सोनी गुरुङलगायतले जीवन्त अभिनय गरेका छन् ।