Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


भारतीय पक्षले कोशी नदीको बहाव फर्काउँदा ८० परिवार बस्ती मै थुनिए


0
Shares

शिवहरि प्रसाद भट्टराई 

राजविराज, जेठ १२ । भारतीय पक्षले कोशी नदीको बहाव पश्चिमी तटबन्धतर्फ फर्काउँदा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१२ गोबरगाढाका ८० परिवार बस्तीमै थुनिएका छन् ।  

शुक्रवार साँझ एक्कासी पानी छोड्दा बस्ती चारैतिरबाट पानीले घेरिएको हो । बस्तीका झण्डै ३ सय स्थानीय पछिल्लो २४ घण्टादेखि सम्पर्कविहीन रहेको नगरपालिकाका मेयर शैलेशकुमार साहले बताए ।

उनीहरुसँग सम्पर्कको प्रयास जारी रहेको उनले बताए ।

मेयर साहले भारतीय पक्षले गोबरगाढाबाट पश्चिमतर्फ झण्डै १७ किलोमिटर लामो प्यालट च्यानल खनेर नदीको बहाव बस्तीतर्फ फर्काएकोले यस्तो अवस्था आएको बताए ।

पूर्व जानकारी विना नै वहाव फर्र्काएको बताउँदै मेयर साहले भारतीयको मनपरीले बाढीको उद्दारकालागि नगरपालिकाले राखेको दुई थान डुंगाका साथै स्थानीयहरुको काठ–दाउरा तथा पशुचौपाया समेत बगाएको जानकारी दिए ।