
गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–७ चिउरे भीरमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
बा. ५ ख १९८२ नम्बरको टिपर गएराति दरौँदी नदीमा खसेर दुर्घटना हुँदा चालक सुमन खड्काको मृत्यु भएको हो ।
सहचालक भने बेपत्ता छन् । सोही टिपरमा यात्रा गरिरहेका स्थानीय जनक गुरुङलाई भने घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्