
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन युरोपेली मुलुक अस्ट्रियाको साताव्यापी भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन् ।
अस्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणमा उपराष्ट्रपति पुन त्यसतर्फ प्रस्थान गरेका हुन ।
भियनामा जेठ १४ गते आयोजना हुने जलवायुसम्बन्धी आर–ट्ेन्टी विश्व शिखर सम्मेलनमा सहभागी हुन उनी अस्ट्रिया गएका हुन् ।
कतार एयरवेजको विमानमार्फत दोहा हुँदै अस्ट्रिया प्रस्थान गरेका उपराष्ट्रपतिको भ्रमण टोलीमा उनकी धर्मपत्नी हस्तमाली पुन, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलगायत सहभागी छन् ।
भ्रमणका क्रममा अस्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
उपराष्ट्रपति पुन भियना अन्तर्रास्ट्रिय केन्द्रको ४० औं वार्षिकोत्सवको अवसरमा आयोजना हुने कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम छ ।
सो केन्द्र भियनाको बहुपक्षीय कूटनीतिक केन्द्रको रुपमा रहेको छ ।
अस्ट्रियामा रहँदा उपराष्ट्रपति पुन त्यहाँ रहेको नेपाली राजदूतावासले आयोजना गर्ने अन्तर्राष्ट्रिय सगरमाथा दिवसको कार्यक्रममा समेत सहभागी हुनेछन् । उनी जेठ १८ गते स्वदेश फर्कने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्