
काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मिडिया काउन्सिल विधेयकबारे अनावश्यक अफबाह फैलाएको आरोप लगाएका छन् ।
काभ्रेमा शनिबार आयोजित एक कार्यक्रममा उनले विधेयकका राम्रा विषयलाई ओझेलमा पारेर जनतामा भ्रम छर्न खोजिएको आरोप लगाए ।
मन्त्री बाँस्कोटाले मिडिया काउन्सिल विधेयक मात्रै नभएर सञ्चार क्षेत्रमा देखिएका तमाम विकृति हल गर्न आम सञ्चार ऐनसमेत ल्याउने सरकारको तयारी रहेको बताए ।
मन्त्री बाँस्कोटाले श्रमिक र मानवअधिकारको कुरा गर्नेहरुले नै न्यूनतम पारिश्रमिक लागु गर्न सहमति नजनाएको बताए ।
आफूलाई ओलीको घर कुर्ने चौकीदारको आरोप लगाएकोप्रति उनले चोरी डकैती, भष्टाचार, गर्नुभन्दा चौकीदार हुनु राम्रो हुने जवाफ दिए ।
सञ्चारमन्त्री बाँस्कोटाले बौद्धिक र सम्मानित नागरिक पनि व्यक्तिगत आक्रमणमा लागेको भन्दै ‘सर्वहारा र श्रमिकको रक्षा र हितका निम्ति कानुनहरु बनाउछुं भन्नेका निम्ति आफ्नो हुलिया हाजिर छ भने ।
प्रतिक्रिया दिनुहोस्