२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


‘संस्कृति, रीतिरिवाजको संरक्षण गर्नु सबैको दायित्व’


0
Shares

काठमाडौं, जेठ ११ । सांसद रामवीर मानन्धरले संस्कृति र परम्पराको संरक्षणमा जोड दिएका छन् ।

शनिबार काठमाडौंको मामानेश्वरी मन्दिरमा मानन्धर सुलिं खलःको कुलदेवताको पूजामा सहभागी हुँदै उनले संस्कृति, रीतिरिवाजको संरक्षण गर्नु सबैको दायित्व भएको बताए ।

लिच्छविकालीन मन्दिरमा मानन्धर सुलिं खलःले वर्षेनि कुलदेवताको पूजा गर्ने चलन छ ।

समाजसेवी रघुवरभक्त मानन्धरले समाजलाई अगाडि बढाउन संस्कृति र परम्परालाई संरक्षण गर्नुपर्ने बताए ।

कार्यक्रममा स्व. प्राध्यापक रामभक्त मानन्धर र श्रीमती सानुनानी मानन्धरलाई सिरपाबाट र गुठीमा आबद्ध सदस्यका परिवारबाट एसइई परीक्षामा उत्तीर्ण विद्यार्थीलाई सम्मान गरिएको थियो ।