
काठमाडौं, जेठ ११ । गएको बुधबार निधन भएका सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
९६ वर्षीय खत्रीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारकाक्रममा निधन भएको थियो ।
खत्री नेपालका छैटौं प्रधानन्यायाधीश हुन् । उनले वि.सं. २०३३ साल साउन २४ देखि २०४२ साल मंसिर २५ गतेसम्म न्यायपालिकाको नेतृत्व सम्हालेका थिए ।
उनी मानवअधिकार आयोगका पूर्वअध्यक्षसमेत हुन् ।
आइतबार अदालतमा बिदा
यसैबीच, सर्वोच्च अदालतले प्रेस विज्ञप्ति जारी गरी पूर्वप्रधानन्यायाधीश खत्रीको निधनको शोकमा आइतबार देशभरका सबै अदालतमा बिदा दिने निर्णय गरेको छ ।
विज्ञप्तिमा खत्रीको असामयिक निधनबाट न्याय, कानुन र मानवअधिकारको क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्