२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


पाँचथरमा हत्या गरिएकाहरुको दाहसंस्कार


0
Shares

पाँचथर, जेठ ९ । गएको सोमबार राति पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा सामूहिक हत्या गरिएकाहरुको बिहीबार दाहसंस्कार गरिएको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरेपछि शव परिवारलाई बुझाइएको थियो ।

धनराज सेर्माको परिवारको मिक्लाजुङ–२, बतासेमा दाहसंस्कार गरिएको र बमबहादुर फियाकको परिवारको आरुबोटेमा दाहसंस्कार गरिएको हो ।

दाहसंस्कारका लागि मिक्लाजुङ गाउँपालिकाले एक लाख रुपैयाँ सहयोग गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरुण राईले जानकारी दिए ।

सोमबार राति ९ जनाको सामूहिक हत्या भएको थियो । धनराज सेर्माको पाँचजनाको परिवार र बमकुमार फियाक परिवारका चारजनाको हत्या गरिएको थियो ।