Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


हावाहुरीले देवचुलीका २०० घरमा क्षति (१० तस्वीर)


0
Shares

विवेक भण्डारी (इमेज)

नवलपुर, जेठ ८ । मंगलबार साँझ आएको हावाहुरीले नवलपरासीको देवचुली नगरपालिकाका २०० घरमा क्षति पुगेको छ ।

हावाहुरीले नगरपालिकाको ६, ७, ८, ९, ११ र १४ नम्बर वडामा क्षति पुर्‍याएको हो ।

नगरपालिकाका मेयर पूर्णकुमार श्रेष्ठले दिएको जानकारीअनुसार हुरीले ६ ओटा वडाका २०० घरमा क्षति पुर्‍याएको हो ।

साँझ ६ बजेबाट चल्न सुरु गरेको हावाले करिब ८० ओटा घरका छाना उडाएको र अरु घरमासमेत क्षति पुगेको स्थानीयले बताएका छन् । मानवीय क्षति भने नभएको जनाइएको छ ।

हावाहुरीप्रभावितको अवस्था बुझ्न मेयरसहितका जनप्रतिनिधि बुधबार प्रभावित क्षेत्रमा पुगेका छन् ।