२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


श्रीलंका दूतावासमा बुद्धजयन्ती


0
Shares

काठमाडौं, जेठ ६ । २५६३औं बुद्धजयन्तीको अवसरमा काठमाडौंस्थित श्रीलंका दूतावासले सोमबार बुद्धजयन्ती मनाएको छ ।

नेपाली थेरवादी भिक्षुहरुको सहभागितामा बुद्धजयन्ती मनाइएको हो ।

सो अवसरमा सातौं संघनायक धम्मचार्य अग्गमहा पण्डित भिक्षु डा. ज्ञानपुणिक महास्थवीरबाट पञ्चशील प्रार्थना गरी बुद्धपूजासमेत गरिएको थियो ।

श्रीलंकामा गत महिना भएको आतंकवादी बम आक्रमणमा परी मृत्यु भएका र घाइतेप्रति दुःख व्यक्त गर्दै भिक्षुहरुबाट मैत्रीसूत्र र जय महामंगल बौद्धपाठसमेत गरिएको थियो ।

सो अवसरमा नेपालका लागि श्रीलंकाका राजदूत स्वर्ण पेरिराले बुद्धको जन्मभूमि नेपाल र बौद्धदेश श्रीलंकाबीचको सम्बन्धलाई बौद्धधर्ममार्फत् अझै उचाइमा पुर्‍याउनुपर्ने बताइन् ।

सोही अवसरमा दूतावासले बौद्धभिक्षुहरुलाई अष्ट परिकार दानसमेत गरेको थियो ।