
पाँचथर, जेठ ६ । एक हप्ताअघि हत्या गरिएकी पाँचथर, हिलिहाङ गाउँपालिका–४ की शितल योङहाङको हत्यामा संलग्न फरार ‘मुख्य योजनाकार’ पदम तामाङलाई यथाशीघ्र पक्राउ गर्न माग गर्दै विद्यार्थीहरुले सोमबार सदरमुकाम फिदिममा प्रदर्शन गरेका छन् ।
विद्यार्थीहरुले फिदिमबजार परिक्रमा गरी जिल्ला प्रहरी कार्यालयअगाडि कोणसभा गरेका थिए ।
आइतबारमात्रै प्रहरीले पत्रकार सम्मेलन गरी घटनाका मुख्य अभियुक्त तामाङको खोजीकार्य तीव्र पारिएको जनाएको थियो ।
सिद्ध माध्यमिक विद्यालय पन्चमीमा कक्षा–१० मा अध्ययनरत् शितलको घाँटी रेटेर हत्या गरेको अवस्थामा गएको वैशाख २९ गते घरनजिककै खोल्सामा शव फेलापरेको थियो ।
प्रतिक्रिया दिनुहोस्