२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


कपिलवस्तुमा सूचनाको हकसम्बन्धी अभिमुखीकरण


0
Shares

कपिलवस्तु, जेठ ६ । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले प्रत्येक नेपाली नागरिकलाई सार्वजनिक चासोका विषयमा सार्वजनिक निकायबाट सूचना माग्न पाउने अधिकार रहेको बताएका छन् ।

नियमानुसार सामाजिक संघसंस्था र कार्यालयले सूचना दिने दायित्व पनि रहेको उनले प्रस्ट पारे ।

सोमबार कपिलवस्तुमा सूचनाको हकसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले पारदर्शीता र जवाफदेहीताका लागि सूचनाको हक ज्यादै महत्वपूर्ण भएको बताए ।

‘सूचना हाम्रो अधिकार, सुशासन र विकासको आधार’ भन्ने नाराका साथ अभिमुखीकरण कार्यक्रम सोमबार सम्पन्न भएको हो ।

अभिमुखीकरणमा आयोगका सचिव मणिराम ओझा, जिल्लाका सुरक्षा निकाय, विभिन्न सामाजिक संस्था, राजनीतिक दलका प्रतिनिधिहरु, नगरपालिका, गाउँपालिकालगायत विभिन्न कार्यालयका प्रमुख तथा कर्मचारी र जिल्लाका पत्रकारहरुको सहभागिता रहेको थियो ।