
मनिष गुप्ता (इमेज)
कपिलवस्तु, जेठ ६ । विभिन्न नाका हुँदै भारतको नयाँदिल्ली पुर्याइएका १० जना नेपाली महिलाको आफन्त नेपाल नामक संस्थाले उद्धार गरेको छ ।
कुवेत जाने प्रलोभनमा दलालहरुले दिल्ली पुर्याइएका महिलालाई उद्धार गरी नेपाल ल्याइएको हो ।
नेपालगन्जका जमुनाहा नाका, सुनौली नाका र काँकडभिट्टा नाका हुँदै आफूहरुलाई दिल्ली पुर्याएको उनीहरुले बताएका छन् ।
उद्धार गरिएका १० मध्ये ६ जनालाई परिवारको जिम्मा लगाइएको छ । चारजनालाई चितवनस्थित आफन्त नेपालको कार्यालयमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्