२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


पर्वतमा बम बनाउने क्रममा विस्फोट, दुई जना घाइते


0
Shares

लक्ष्मीप्रसाद सापकोटा

पर्वत, जेठ ६ । पर्वत जिल्लाको बिहादी गाउँपालिकामा बम बनाउँदै गर्दा विस्फोटमा परि दुई युवा घाइते भएका छन् ।

बिहादी–६ शालिग्राममा आइतबार साँझ फलामको रडमा बारुद भरेर बम बनाउँदै गर्दा अचानक विस्फोट हुँदा स्थानीय युवा घाइते भएका हुन् ।

विस्फोटमा परि बिहादी–६ का २७ वर्षीय छबिलाल घर्ती र १९ वर्षीय समिर राना घाइते भएका छन् । घाइते घर्तीको अवस्था गम्भीर रहेको जनाइएको छ । उनको मिसन अस्पतालमा पाल्पामा उपचार भइरहेको छ भने अर्का घाइते रानाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

घाइतेहरुले माछा मार्नका लागि सलाईको बारुद भरेर बम बनाउने गरेको पाइएको छ । खोलामा माछा मार्न जाने तयारीका क्रममा विस्फोट भएको बताइएको छ ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले बताए ।