
धादिङ, जेठ ५ । धादिङको मलेखुमा उद्योगमा जाने बाटो निर्माणका लागि गिटी निकालको खाल्डोमा डुबेर मृत्यु भएका बालकका आफन्तले आइतबार शव बुझेका छन् ।
बेनिघाट रोराङ गाउँपालिकाले १० लाख रुपैयाँ क्षतिपूर्ति दिने र निर्माणाधीन सिमेन्ट उद्योगमा रोजगारीका लागि समन्वय गर्ने सहमति भएपछि परिवारले शव बुझेका हुन् ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर–२ स्थित ताल्तीमा निर्माण हुँदै गरेको ह्वासिङ नारायणी सिमेन्ट उद्योगमा जाने बाटो निर्माण गर्न मलेखु खोलाबाट गिटी निकाल्दा खोलामा खाल्डो बनेको थियो ।
शनिबार पौडी खेल्न गएका तीनजनामध्ये गजुरी गाउँपालिका वडा नम्बर–२ घर भएका ८ वर्षीय केदार गिरीको डुबेर मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्