
विकास पौडेल (इमेज)
चितवन, जेठ ५ । चितवनको टाँडीस्थित प्रहरी हिरासतमा झुन्डिएको अवस्था फेलापरेपछि उपचारकाक्रममा मृत्यु भएका समीर घिसिङले आत्महत्या गरेको ठहर छानबिन समितिले गरेको छ ।
गएको वैशाख २६ गते घिसिङ टाँडीस्थित इलाका प्रहरी कार्यालयको हिरासतकक्षको शौचालयमा झुन्डिएको अवस्थामा फेलापरेका थिए ।
लगत्तै उनलाई उपचारका लागि अस्पताल लगिएकामा २७ गते उनको मृत्यु भएको थियो ।
घटनाको छानबिन गर्न चितवनका सहायक सीडीओ जनकराज पन्तको संयोजकत्वमा गठित समितिले कालिका नगरपालिका वडा नम्बर–१ का घिसिङले आत्महत्या गरेको र उक्त घटनामा प्रहरी दोषी नरहेको ठहर प्रतिवेदनमा गरिएको छ ।
समितिमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, कालिका नगरपालिकाका जनप्रतिनिधि, पीडितपक्षका प्रतिनिधिलगायत रहेका थिए ।
हिरासतभित्रै मृत्यु भएकाले मृतकका परिवारलाई क्षतिपूर्ति र रोजगारीका लागि गृह मन्त्रालयलाई सुझावसमेत दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्