
काठमाडौं, जेठ ४ । २५६३ औं बुद्धजयन्तीका अवसरमा आज काठमाडौंको लाजिम्पाटमा प्रभातफेरी निकालिएको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर–२ को अगुवाइमा निकालिएको प्रभातफेरी विभिन्न ठाउँ परिक्रमापछि पुनः लाजिम्पाट पुगेर समापन भएको थियो ।
बुद्धको मूर्तिसहित निकालिएको प्रभातफेरीमा बुद्धका उपदेशसम्बन्धी पोष्टर, पम्प्लेट र बुद्ध दर्शनको प्रचारप्रसार गरिएको थियो । र्यालीका सहभागीहरुले अहिले पनि बुद्धको शान्तिप्रतिको आस्था विश्वजगतमा बढ्दै गएको भन्दै बुद्धका उपदेशको सान्दर्भिकताबारे चर्चा गरेका थिए ।
र्यालीमा स्थानीय नागरिकसहित बुद्ध धर्मावलम्बी सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्