१९ श्रावण २०८२, सोमबार | Mon Aug 4 2025


प्रधानमन्त्रीद्वारा तिलौराकोट दरवार अवलोकन


0
Shares

बासुदेव बर्मा

कपिलवस्तु, जेठ ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जयन्तीको अवसर पारेर शुक्रबार साँझ कपिलवस्तुको तिलौराकोट दरवार अवलोकन गरेका छन् । पश्चिमी द्वारबाट प्रवेश गरेर पूर्वी द्वारसम्म झण्डै आधा घण्टा हिडेरै प्रधानमन्त्री ओलीले तिलौराकोट अवलोकन गरेका हुन् ।

भगवान गौतम बुद्धले २९ बर्ष बिताएको राजा शुद्धोधनको दरबार प्राचिन कपिलवस्तुको तिलौराकोट दरवारका विविध पक्षबारे प्रधानमन्त्री ओलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्षले जानकारी गराएका थिए ।

तिलौराकोट अवलोकनपछि संचारकर्मीसँग संक्षिप्त प्रतिकृया दिदै प्रधानमन्त्री ओलीले ऐतिहासिक तथा धार्मिक स्थल लुम्बिनीको असाधारण विकास हुने बताए । तिलौराकोट ऐतिहासिक तथा पर्यटकीय भूमि रहेकोले यसको विकास गर्नुको कुनै विकल्प नभएको उनले बताए ।

प्रधानमन्त्री ओलीले तिरौकोटका भौतिक संरचना तथा सडकको चाँडै विकास हुने बताए । 

प्रधानमन्त्री शुक्रबार दिउँसो आउने कार्यक्रम भए पनि हावाहुरीको कारण साँझ साढे ६ बजेतिर आइपुगेका थिए ।

प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्य, नेकपाका महासचिव विष्णु पौडेल, प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेल, संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल लगायतले पनि तिलौराकोट अवलोकन गरे ।