
काठमाडौं, जेठ ३ । ललितपुरको सप्तपुर महाविहारमा २५६३औं बुद्ध जयन्तीको अवसरमा वृहत् बौद्धसभा आयोजना गरिएको छ ।
सभाका सहभागीहरुले शान्ति र समृद्धिका लागि बौद्ध दर्शन महत्वपूर्ण भएको बताए ।
मुलुकको विकास, शान्ति र समृद्धिका लागि पनि बौद्ध उपदेश र ज्ञानलाई आत्मसात गर्नुपर्नेमा उनीहरुको जोड थियो ।
वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले बौद्ध साहित्य र दर्शनलाई जोगाइराख्न काठमाडौं उपत्यका र यहाँका बासिन्दाको ठूलो योगदान रहेको चर्चा गरे ।
प्राचीनकालदेखि नेपालमा संरक्षित बौद्ध कला, साहित्य र दर्शन विश्वकै अमूल्य निधि भएको उनको भनाइ थियो ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालले विश्व शान्ति र सबैको खुसी र समृद्धिका लागि बौद्ध दर्शन आवश्यक रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्