१९ श्रावण २०८२, सोमबार | Mon Aug 4 2025


‘विश्वविद्यालयहरु पूणरुपले स्वायत्त हुनुपर्छ’


0
Shares

काठमाडौं, जेठ ३ । विश्वविद्यालय ऐन संशोधन गर्न बनेको विधेयकले विश्वविद्यालयको स्वायत्तता तथा प्राज्ञिक स्वतन्त्रता कुन्ठित गर्ने दाबी सरोकारवालाहरुले गरेका छन् ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक परिमार्जन गर्नुपर्ने माग उनीहरुले गरेका हुन् ।

कार्यक्रममा त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमाले विश्वविद्यालयहरु पूणरुपले स्वायत्त हुनुपर्ने भन्दै पदाधिकारीहरुको नियुक्तिमा राजनीतिक हस्तक्षेप हुन नहुने बताए ।

तर, अहिले त्यसविपरीत नियुक्तिमात्र नभइ सन्चालनमा समेत हस्तक्षेप हुने गरेको माथेमाले उल्लेख गरे ।