१९ श्रावण २०८२, सोमबार | Mon Aug 4 2025


उद्धार गरिएका बालबालिकाको उचित व्यवस्थापनको पहल


0
Shares

काठमाडौं, जेठ ३ । गएको बुधबार राजधानीको सुकेधारास्थि ऐश्वर्य बालगृहबाट उद्धार गरी विभिन्न संघ–संस्थामा राखिएका बालबालिकाको उचित व्यवस्थापनका लागि पहल भइरहेको केन्द्रीय बालकल्याण समितिले जनाएको छ ।

समितिका बाल संरक्षण अधिकृत सुनिता शाहले उद्धार गरिएका बालबालिकाका परिवारसँग समन्वय गरी व्यवस्थापन गरिने बताइन् ।

सो समितिले बालबालिकाको नैसर्गिक अधिकार हनन् गरेको भन्दै उक्त बालगृह बन्द गरी सन्चालकलाई उचित कारबाही गर्न मागसहितको पत्र महानगरीय प्रहरी वृत्त महाराजगन्जमा बुझाएको छ ।

यता, स्वास्थ्य उपचारकाक्रममा रहेकी बालगृहका सन्चालक निर्मला घिमिरे प्रहरी निगरानीमा रहेको र सन्चालकका छोरा प्रमोद घिमिरेलाई अभद्र व्यवहारको मुद्दासहित कारबाही अघि बढाइएको महाराजगन्जका प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाइँले जानकारी दिए ।

यो पनि पढ्नोस्

बालगृहमा बालबालिकाको बिजोग (भिडियो)