
सिन्धुली, जेठ ३ । शिष्यहरुमाथि यौनशोषण गरेको तथा केही शिष्यहरु गायब पारेको आरोप लागेपछि केही महिनायता सार्वजनिकरुपमा नदेखिएका ‘तपस्वी’ रामबहादुर बम्जन शुक्रबार सिन्धुलीमा देखिएका छन् ।
सिन्धुली सदरमुकाम सिन्धुलीमाडीस्थित कमलामाई नगरपालिका वडा नम्बर–५, सिलामेमा अवस्थित आश्रममा आयोजित १४औं मैत्री दिवसमा उनी सार्वजनिक भएका हुन् ।
सो अवसरमा उनले आफ्ना शिष्य तथा अनुयायीहरुलाई दर्शन दिनुका साथै पूजापाठ र प्रवचनसमेत दिएका थिए ।
बम्जनका अनुयायी कमानसिंह लामाले भने बम्जनमाथि लागेका सबै आरोप झुटा रहेको र उनी भागेको भन्ने हल्ला निराधार भएको दाबी गरे ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्