
काठमाडौं, जेठ ३ । शुक्रबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ ।
२ बजेर ८ मिनेटमा धादिङको नलाङ आसपास केन्द्रविन्दु भएर ५ म्याग्निच्यूडको भूकम्पीय कम्पन मापन भएको हो ।
यो नयाँ भूकम्प नभइ विनाशकारी ‘गोरखा भूकम्प’कै पराकम्पन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
सो कम्पनको धक्का काठमाडौं, धादिङ, चितवन, मकवानपुरलगायतका जिल्लामा महसुस गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्