१९ श्रावण २०८२, सोमबार | Mon Aug 4 2025


पानी ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार युवतीको मृत्यु


0
Shares

काठमाडौं, जेठ ३ । काठमाडौंको सुन्धारामा आज पानी ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा पछाडी सवार एक युवतीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् ।

मृत्यु हुनेमा काठमाडौंको काँडाघारी बस्ने २३ बर्षीया सुनिता खत्री रहेकी छिन् । दुर्घटनामा गम्भिर घाइते भएकी उनको उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर महांकाल पुर्‍याउना साथ    चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक काँडाघारीमै बस्ने ४६ बर्षीय रामशरण खत्रीको सोही अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्रिपुरेश्वरबाट न्युरोड तर्फ जाँदै गरेको ना२ख ४२२२ नम्बरको पानी ट्याङ्करले सोही दिशातर्फ जाँदै गरेको बा३७प ११६६ नम्बरको मोटरसाइकललाई आज बिहान सवा १० बजे ठक्कर दिएको थियो ।