काठमाडौं, जेठ २ । सरकारले भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा रहेको अशोकस्तम्भ र मायादेवी मन्दिरको सुरक्षाप्रति गम्भीर रहेको जनाएको छ ।
भियतनाम र कम्बोडियाको भ्रमणबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अशोकस्तम्भलगायतका बौद्ध सम्पदाको सुरक्षामा सरकारले ध्यान दिने बताएका हुन् ।
उनले मायादेवी मन्दिरसमेत उपयुक्त ढंगले निर्माण नभएकाले गम्भीर समस्या आउने भन्दै सरकार बौद्ध सम्पदाप्रति गम्भीर रहेको बताए ।
पछिल्लो समय वातावरण प्रदूषण र औद्योगीकरणका कारण विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीमा रहेको अशोकस्तम्भलगायतका पुरातात्विक सम्पदामा असर पुग्दै गएको छ ।









प्रतिक्रिया दिनुहोस्