१९ श्रावण २०८२, सोमबार | Mon Aug 4 2025


पोखरामा प्रेस युनियनको विरोध प्रदर्शन


0
Shares

पोखरा, जेठ २ । मिडिया काउन्सिल विधेयक र सरकारले संसदमा ल्याउने तयारी गरिरहेको आम सन्चारलगायतका विधेयकविरुद्ध नेपाल प्रेस युनियन कास्कीले विरोध जनाएको छ ।

बिहीबार युनियनले पोखराको महेन्द्रपुलदेखि चिप्लेढुंगासम्म शान्तिपूर्ण विरोध प्रदर्शन गरी प्रेस स्वतन्त्रताको रक्षाको माग गरेको हो ।

सोक्रममा पत्रकारहरुले सन्चारमाध्यममाथि अंकुश लगाउने प्रस्तावित विधेयक फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिए ।

युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले मिडियालाई आतंकित पारेर कलम बन्द गराउने नियम रहेको विधेयकविरुद्ध सडकमा उत्रनुपरेको बताए ।