
लहान, जेठ २ । सिराहाको लहान नगरपालिका–१२ पडरिया चोक नजिकै गएराति बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अन्दाजी २२ वर्षीय युवक छन् । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट गम्भीर घाइते भएका ती युवकको उपचारको लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको सिराहा प्रहरीले जनाएको छ । झापाबाट काठमाडौँ जाँदै गरेको ना६ख ७८६४ नम्बरको बसले गएराति साढे १ बजे उनलाई ठक्कर दिएको थियो । बससहित चालकलाई ईलाका प्रहरी कार्यालय लहानले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्