२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


सडक आन्दोलनमा जान सुझाव


0
Shares

काठमाडौं, जेठ १ । मिडिया काउन्सिल विधेयकलगायतका कानुनमा रहेका स्वतन्त्र प्रेसविरोधी प्रवाधान हटाउन पत्रकारसम्बद्ध संघ–संस्थाले सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् ।

नेपाल प्रेस युनियनले बुधबार राजधानीमा गरेको अन्तरक्रियाका सहभागीहरुले सरकारले गलत मनसायबाट विधेयक ल्याएको आरोप लगाउँदै त्यसलाई सच्याउन कठोर आन्दोलन गर्न सुझाव दिए ।

शिष्ट ढंगको आन्दोलनलाई सन्चारमन्त्रीले गलत अभिव्यक्ति दिँदै धम्क्याउने प्रयास गरेको भन्दै उनीहरुले अब सडक आन्दोलनमा जान सुझाव दिएका हुन् ।

कार्यक्रममा पत्रकार महासंघका पूर्वअध्यक्षहरु हरिहर विरही, डा. सुरेश आचार्य, नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल र पत्रकारसम्बद्ध विभिन्न संघ–संगठनका प्रतिनिधिहरुले प्रस्तावित विधेयक पारित भए नागरिक स्वतन्त्रतासमेत कुन्ठित हुने बताए ।

सन्चार तथा सूचना प्रविधिमन्त्रीले विधेयकका सन्दर्भमा गलत टिप्पणी गरेको भन्दै गोकुलप्रसाद बाँस्कोटाले सन्चार मन्त्रालयको नेतृत्व गर्ने नैतिक अधिकारसमेत गुमाउँदै गएको टिप्पणी वक्ताहरुले गरेका थिए ।