
काठमाडौ । संघीय संसद्को विकास तथा प्रविधि समितिको बैठकमा खानेपानी मन्त्रालयको आगामी आर्थिक बर्षको बजेट व्यवस्थापन तथा कार्यक्रमका सम्बन्धमा छलफल भएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले उपत्यकमा खानेपानी व्यवस्थापनका प्राविधिक जटिलता भएको भन्दै ध्यान दिन समितिको ध्यानाकर्षण गराएका थिए ।
उनीहरुले खानेपानी व्यवस्थापनमा पर्याप्त बजेट नभएको र खानेपानीको सदुपयोगमा जटिलता भएको भन्दै बजेट सदुपयोग गर्न माग गरेका थिए ।
सांसदहरुले मेलम्ची खानेपानी आयोजनको बारेमा पनि जिज्ञासा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्