
काठमाडौं, वैशाख ३१ । नेपाली सेनाले ‘नेपाल आर्मी’ नामको मोबाइल एप सुरु गरेको छ ।
मंगलबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले एप शुभारम्भ गरेका हुन् ।
मोबाइल एपमार्फत् अब नेपाली सेनासम्बन्धी सम्पूर्ण सूचना पाउन सकिने सेनाले जनाएको छ ।
लघुचलचित्र प्रतियोगिता
सोही अवसरमा प्रधानसेनापति थापाले लघुचलचित्र प्रतियोगिता २०७५ मा पहिलो हुने निर्देशक कृष्णकुमार महतोको ‘अप्पन’ नामक लघुचलचित्रलाई पुरस्कृत गरे ।
त्यस्तै, दोस्रो हुने गगनकुमार श्रेष्ठको ‘चाहना’ र तेस्रो हुने प्रद्युम्न मिश्रको ‘हातेमालो’लाई पनि पुरस्कृत गरे ।
विभिन्न विधामा उत्कृष्ट हुनेहरुलाईसमेत सान्त्वना पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा लघुचलचित्र प्रतियोगितामा समावेश ११ ओटा चलचित्र प्रदर्शन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्