काठमाडौँ । बोल मायापछि ब्यस्त बन्दै गएकी सुन्दरी मोडल अञ्जली अधिकारीको ब्यस्तता बढ्दो छ ।
गायक नारायण थापाको ‘लेख्या माया पाईएन’ बोलको गीतको भिडियोमा अञ्जलीलाई कमल सिं र एञ्जिला कार्कीले अभिनयमा साथ दिएका छन् ।
बसन्त सापकोटाको संगीत रहेको गीतमा शब्द राजेन्द्र थापा तथा स्वर नारायण थापाको रहेको छ ।
पछिल्लो पुस्ताका चर्चित निर्देशक प्रकाश धितालले निर्देशन गरेको भिडियोमा वैँशालु उमेरमा हुने प्रेम रोमान्सलाई नजिकबाट केलाइएको छ ।
आभुषण ईन्टरटेनमेन्टले बजार व्यवस्थापन गरेको यस भिडियोमा उत्सब दाहालको छायांकन, बिकाश दाहालको सम्पादन रहेको छ भने प्रकाश धितालको निर्देशन रहेको छ ।




प्रतिक्रिया दिनुहोस्