
काठमाडौं, वैशाख २६ । कानुन र न्याय क्षेत्रमा संलग्नहरुले विभिन्न कार्यक्रम गरी बिहीबार कानुन दिवस मनाएका छन् ।
वि.सं. २००८ सालमा ल्याइएको प्रधान न्यायालय ऐन तत्कालीन राजा त्रिभुवनले २००९ साल वैशाख २६ गते लालमोहर लगाएर कार्यान्वयनमा ल्याएको दिनको स्मरणमा यो दिवस मनाउने गरिएको हो ।
कानुन दिवसकै अवसरमा सर्वोच्च अदालतले बिहीबार चियापान कार्यक्रम आयोजना गर्यो ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, विभिन्न मन्त्रीहरुसमेत सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस्