२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


पाकिस्तानमा प्रसिद्ध गायक साब्रीको गोली हानी हत्या


0
Shares

काठमाडौं, असार ८ । पाकिस्तानका प्रसिद्ध गायक अम्जद साब्रीको करांचीमा गोली हानी हत्या भएको छ ।

दक्षिण करांचीको व्यस्त लियाक्तावाद क्षेत्रमा दुई जना बन्दुधकारीले उनी चढेको कारमा अन्धाधुन्ध गोली हानेको प्रहरीले जनाएको छ । साब्रीको उपचारका लागि अस्पताल लैजादै गर्दा निधन भएको हो ।

आक्रमणको जिम्मेवारी कसैले लिइसकेको छैन । साब्री, कौवाली भनिने सुफी संगीतका प्रसिद्ध गायक थिए । पाकिस्तानमा सुफी संगीतलाई मन पराउनेहरु लाखौं रहे पनि पछिल्लो समय कट्टरपन्थी इस्लामिकहरु यसको विरोधमा थिए । (एजेन्सी)