
काठमाडौ, असार २२ । पछिल्लो समयमा युवापुस्ता माझ लोकप्रिय बन्दै गएको छ पाश्चात्य शैलीको पप संगीत । पश्चिमेली संगीतमा थपिएको छ हिपहप र र्याप ।
यसरी नेपाली संगित क्षेत्रमा हिपहप गीतको क्रेज बढ्दो क्रममा छ । यही भिडमा देखिएका छन नव हिपहप गायक एवं र्यापर बिधान रेश्मी (मगर) ।
उनले सत्य कथाबाट आधारित रहेको ‘कसैको हेराइमा..’ बोलको पप गीत बजारमा ल्याएका छन ।
एक किशोरीको जीवनमा गलत संगत र प्रेमले युवतीमा देखिने परिर्वतन र गलत मनस्थितीको भएका युवकसंग भेटपछि जीवनमा आएको समस्या र संकटले कसरी उसको जीवनलिलानै समाप्त पार्छ भन्ने भिडियो मार्फत देखाइएको छ ।
भिडियो ‘कसैको हेराइमा…’ लाई शैलेश श्रेष्ठको सम्पादन, अक्सेन्द्र झाको संगीत रहेको छ ।
गीतमा बिधान रेश्मी (मगर) र ऐसन डीले स्वर रहेको छ । गीतको लेखक सुरज बिक्रम थापाले गरेका हुन । भिडियोलाई मार्फत सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्