३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


रोनाल्डोले रियाल मड्रिड छाडे, युभेन्टसमा अनुबन्धित


0
Shares

काठमाडौं, असार २७ । पोर्चुगिज फुटबल स्टार क्रिश्चियानो रोनाल्डो ईटालियन क्लव युभेन्टस् प्रवेश गरेका छन् ।

स्पेनिस क्लव रियाल मड्रिडसँग ९ वर्षको सम्बन्ध टुंग्याउँदै रोनाल्डो ईटालियन क्लब युभेन्टसमा अनुबन्ध भएका हुन् ।

पाँच पटकका वर्ष खेलाडी अर्थात बलोन डि’ओर विजेता रोनाल्डोले नयाँ क्लव युभेन्टस्बाट खेले बापत  वार्षिक ३० मिलियन युरो कमाउनेछन् ।

३३ वर्षे रोनाल्डोले रियाल म्याड्रिडबाट २ सय ९२ खेल खेल्दै ३ सय ११ गोल गरेका छन् । उनी रियालका सर्वाधिक गोलकर्ता हुन् ।

रोनाल्डोले रियाल मड्रिडबाट २ पटक स्पेनिस लिग र ४ पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।

रोनाल्डोले आफ्नो व्यावसायिक खेल करियरमा इङ्ल्यान्डको म्यानचेस्टर युनाइटेड र पोर्चुगलको स्पोर्टिङबाट पनि खेलेका थिए । पोर्चुगलको राष्ट्रिय टोलीका लागि उनले ८५ गोल गरेका छन् ।

उता अल्जेरीयन खेलाडी रियाद माहारेज इंग्लीश क्लव म्यान्चेस्टर सिटी प्रवेश गरेका छन् ।

यसअघि लेष्टर सिटीबाट खेल्दै आएका माहारेज ६० मिलियन पाउण्डमा म्यान्चेस्टर सिटी प्रवेश गरेका ह्न् ।

२७ वर्षिय विङ्गर माहारेजले आगामी पाँच वर्षको लागि म्यान्चेस्टर सिटीसँग सम्झौता गरेका ह्न् ।

माहारेज यस सिजनमा म्यान्चेस्टर सिटी प्रवेश गर्ने पहिलो खेलाडी बनेका छन् ।

माहारेजले दुई वर्ष अगाडि लेष्टर सिटीलाई इंग्लीश प्रिम्रियर लिग च्याम्पियन बनाएका थिए ।