३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


पूर्व विजेता फ्रान्स विश्वकप फुटबलको फाइनलमा प्रवेश


0
Shares

काठमाडौं, असार २७ । बेल्जियमलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

रुसको सेन्ट पिटर्सवर्ग रंगशालामा गएराति भएको सेमिफाइनलमा फ्रान्स १-० ले विजयी भयो ।

दुई युरोपियन प्रतिद्वन्द्वीबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो ।

दोस्रो हाफको ५१ औं मिनेटमा फ्रान्सले निर्णायक गोल गर्‍यो । एन्टोनियो ग्रेजम्यानको कर्नर प्रहारमा डिफेन्डर स्याुमएल उम्टीटीले निर्णायक गोल गरेका हुन् ।

उम्टीटीको हेडर बेल्जियमका खेलाडी मराउने फेलियानीलाई ठोक्किंदै जाली चुम्न पुगे पनि यो गोल उम्टीटीकै नाममा रह्यो ।

यसपछि बेल्जियमले खेलमा लगातार आक्रमण गरे पनि फ्रेन्च गोलकिपर ह्युगो लोरिस र डिफेन्डरहरुले उत्कृष्ट बचाउ गर्दै गए ।

खेल १÷० ले जित्दै फ्रान्स १२ वर्षपछि विश्वकप फुटबलको फाइनलमा प्रवेश गर्‍यो ।

यसअघि सन् २००६ मा जर्मनीमा भएको विश्वकप फुटबलको फाइनलमा पुगेको फ्रान्स ईटालीसँग पेनाल्टी सुट आउटमा पराजित भएको थियो ।

१९९८ मा आफ्नै देशमा आयोजित विश्वकप फुटबलमा भने फाइनलमा ब्राजिललाई हराउँदै फ्रान्सले उपाधि जितेको थियो ।

फ्रान्स यसपटक विश्वकप फुटबलको दोस्रो उपाधिको खोजीमा छ ।